images

२०८३ आश्विन १७ गते

images
images
images

सन नेपाल लाइफले मनायो आठौं वार्षिकोत्सव

सन नेपाल लाइफले मनायो आठौं वार्षिकोत्सव

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ ।२०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको कम्पनीले मुलुकभरी १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।

    images
    images

    हाल यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३१ करोड १ लाख ६४ हजार ४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम २ अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ रुपैयाँ तथा जीवन बीमाकोषमा १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ रुपैयाँ कायम छ । कम्पनीको नेट वर्थ रकम १५४.३५ रुपैयाँ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको कम्पनीले जनाएको छ ।

    कम्पनीलाई आजको स्थितिमा पुर्‍याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु, सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु प्रति कम्पनीले कृतज्ञता प्रकट गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend