images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • टाडी घ्यान फेदी हइड्रोपावरको पीपीए सम्पन्न,...

टाडी घ्यान फेदी हइड्रोपावरको पीपीए सम्पन्न, २०८४ बैशाखदेखि उत्पादन हुने

टाडी घ्यान फेदी हइड्रोपावरको पीपीए सम्पन्न, २०८४ बैशाखदेखि उत्पादन हुने

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको टाडी घ्यान फेदी हइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

    images
    images

    नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा निर्माण हुनेछ ।

    यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ ।उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

    images
    images

    यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।यो जलविद्युत् आयोजनामा पूर्ण लाल श्रेष्ठ,बलराम खतिवडा अस्कर अली लगायतको लगानी रहेको छ ।  बलराम खतिवडा इप्पानका महासचिव हुन् । अस्कर अली यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ उनको सूचना प्रविधि (आईटी) विज्ञका रुपमा नियुक्त भएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend