images

२०८३ आश्विन २२ गते

images
images
images

बागलुङमा अलैँची जोन बनाउने तयारी

बागलुङमा अलैँची जोन बनाउने तयारी

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं ।  जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ । 

    images
    images

    परियोजनाले पहिलो चरणमा बागलुङको ३ सय हेक्टरबाट जोनको तयारी गरेको हो । अधिकतम पाँच सय हेक्टर क्षेत्रफल पु¥याउने लक्ष्यका लागि परियोजनाले पर्वतका केही क्षेत्रलाई पनि समेट्ने छ । बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट क्षेत्रमा व्यावसायिक अलैँची उत्पादन हुनेगर्छ ।

    पर्वततर्फ मोदी गाउँपालिका र फलेबास नगरपालिकाको उत्पादनलाई पनि जोनमा समावेश गर्ने परियोजनाको लक्ष्य छ । “पहिलो चरणमा बागलुङकै तीन सय हेक्टरलाई जोनको रुपमा विकास गर्छौँ, त्यसपछि क्रमशः क्षेत्रफल थप्दै जाने हो”, परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत नारायण पौडेलले भन्नुभयो, “उत्पादन र बजारीकरण सुधार हुँदै गएकाले जोनको अवधारणामा पुग्यौँ । परियोजनाको सिफारिसमा मन्त्रीस्तरीय निर्णयपछि जोनको काम कार्यान्वयनमा आउने छ ।” हाल पकेट र ब्लकमा आवद्ध किसानको खेतबारीमा पुगेर अलैँची उत्पादन बढाउने भइरहेको छ । 

    images
    images

    तत्कालीन कृषि विकास कार्यालयले सामान्य उत्पादन र बजारीकरणमा साथ दिएपनि हाल परियोजनामार्फत अलैँचीको क्षेत्र विस्तार भएको हो । पौडेलका अनुसार, हाल बागलुङबाट ३० मेट्रिकटन अलैँची विदेश निर्यात भइरहेको छ । त्यसबाहेक केही देशभित्रै बिक्री भएको हो । उत्पादनको ८० प्रतिशतबढी अलैँची निर्यात हुने गरेको हो । उपभोग गर्दा बागलुङमा हाल ४० मेट्रिक टनबढी अलैँची उत्पादन भइरहेको हो ।

    झापाको विर्तामोडबाट आउने व्यापारीले गाउँबाट अलैँची सङ्कलन गरेर लैजाने गरेका हुन् । व्यापारी किसानको बारीमै आउँदा पनि प्रतिकेजी न्यूनतम एक हजार पाँच सयदेखि दुई हजार एकसयसम्म मूल्य तिरेका छन् । कतिपय किसानले त आफै बिक्री गरेर चार हजार प्रतिकेजीसम्म पार्ने गरेका हुन् । 

    हिउँदमा लामो खडेरी पर्दा उत्पादनमा कमी हुने र केही रोग लाग्ने गरेका छन् । तर, ती समस्यालाई परियोजनाले तत्काल सम्बोधनको तयारी गरेको हो । कतिपय किसानले भने बजार कता पाइन्छ भनेर अन्यौल हुँदा क्षेत्र बढाउन नसकेको गुनासो गरेका छन् । परियोजनाको साथ र सल्लाह पाएमा उत्पादन बढाएर जाने गलकोट नगरपालिका–१ का किसान नेत्र बुढाथोकीले बताउनुभयो ।

    दुई वर्षअघि जैमिनीका किसानको बारीमा लगाएको अलैँची कुहिएको थियो । परियोजनाले तत्काल औषधि उपचार गराएपछि जोगाउन सकेका थिए ।  “जैमिनीमा मात्रै वर्षमा दुई सय ५० क्विन्टल अलैँची बिक्री हुने गरेको छ”, कृषि प्राविधिक प्रकृति शर्माले भन्नुभयो, “बजारको सुनिश्चित गर्न सके अझै उत्पादन बढ्नेछ ।” बरेङका किसानले पनि अलैँचीको राम्रो उत्पादन लिएको स्थानीय यामबहादुर थापाले बताउनुभयो । बरेङमा अलैँचीबाट मात्रै वर्षमा एकदेखि तीन लाखसम्म कमाउने किसान धेरै छन् । ताराखोला गाउँपालिकामा पनि झण्डै दुई सय हेक्टर बढीमा अलैँची लगाइएको छ । 

    अलैँचीमा समस्या आयो भने तत्काल उपचार गरेमा क्षति न्यूनीकरण गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत पौडेलले बताउनुभयो । अत्यधिक गर्मी बढ्ने र सिँचाइको अभाव भएका गानो मर्नेे गरेको हो । गत हिउँदमा लामो समय खडेरी लागेकाले त्यस्तो समस्या देखिएको हुनसक्ने भन्दै पौडेलले चालु आर्थिक वर्ष एक दर्जनभन्दा बढी सिँचाइका योजना पनि सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend