images

२०८३ आश्विन १८ गते

images
images
images

हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो

हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • भक्तपुर । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत भएका आफन्तको नाममा पिण्डदान गरिएसँगै श्राद्धको आज अन्तिम पितृपक्षका दिन पिण्डदान गर्नेको घुइँचो लागेको हो ।हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गरेमा दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वाससहित भक्तपुरका साथै आसपासका नागरिक हनुमानघाट क्षेत्रमा स्रोह्रश्राद्ध गर्न आउने गरेका पुरोहित धनेशराज राजोपाध्ययले जानकारी दिए ।

    images
    images

    उनले भने, ‘पितृपक्षमा गरिने स्रोह्रश्राद्धमा हनुमानघाट क्षेत्रका साथै हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा गएर पिण्डदान गरी सेलाउने गरिन्छ । यसो गर्नाले आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’  

    पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्त्व छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता नेवार समुदायमा रहेको उनले बताए । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ । त्रिवेणी घाटका रूपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछ भन्ने धार्मिक विश्वास रहेको पुरोहित राजोपाध्ययले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend