images

२०८३ आश्विन १७ गते

images
images
images

हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् ।मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर नजाने पक्षमा देखिएका छन् ।शाक्यले बरू ऊर्जामन्त्री घिसिङले पहिलो निर्णयका रुपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने गरी जिम्मेवारी सम्हालेका थिए । ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका थिए ।

    images
    images

    अब शाक्यले पनि मन्त्री घिसिङको निर्णयअनुसार डेडिकेटेड ट्रंक लाइनको अर्बौं बाँकी विद्युत वक्यौता उठाउन प्राधिकरणको बोर्ड बैठक डाक्न लागेका छन् ।घिसिङको निर्णयअनुसार शाक्य बोर्ड बैठक डाक्ने तयारीमा रहेका छन् । उनले बोर्ड बैठक डाकेर वक्यौता उठाउने मन्त्रीको निर्णयलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।केही दिनमै बोर्ड बैठक बसेर वक्यौता उठाउन आवश्यक कदम चालिने बताए । शाक्यले सरकारको निर्णय मानेर जाने बताएका छन् ।‘वक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्णयलाई कार्यानवयन गर्छौं । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौँ’ , उनले भने, ‘बोर्ड अध्यक्ष मन्त्रीज्यू नै रहेकाले कार्यान्वयन अघि बढ्नेछ ।’

    उक्त बैठकबाट निर्णय गरेपछि वक्यौता उठाउन समस्या नहुने उनले बताए । यसअघि कुलमान विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला वक्यौता उठाउने नाममा उद्योगीको लाइन काटिरहेका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए ।उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बाँकी छ।उद्योगीलाई लोडसेडिङ हुँदा पनि २४ घण्टा नै विद्युत आपूर्ति गरिएको थियो । प्रयोग नगरेको बिजुलीको पनि बिल आएको भन्दै उनीहरूले पैसा तिर्न मानेका थिएनन् । ओली सरकारका ऊर्जामन्त्री दीपक खड्का उद्योगीको पक्षमा उभिएका थिए ।

    images
    images

    संकटमा देशलाई धोका दिन्नँ

    शाक्यले शनिबार मात्रै सामाजिक सञ्जालमार्फत देश र संस्थालाई धोका नदिने बताएका छन् । उनले हालको चुनौतीपूर्ण अवस्थामा भागेर वा जिम्मेवारी छोडेर होइन, बरु अझ कडा मेहनत गरेर काम गर्ने निर्णय लिएको उल्लेख गरेका छन्।शाक्यले लेखेका छन्, ‘आज मेरो देश जलेर मल्हम पट्टी लगाउनु पर्ने बेला छ। यस्तो बेला बाटो छोड्नु भनेको कर्तव्यच्युत हुनु हो भन्ने मैले प्रष्ट बुझेको छु। देशलाई धोका दिन्नँ।’

    उनले हालै जेन-जीका नाममा भएको अराजक परिस्थितिमा आफ्नै घर, गाडी र सम्पत्ति भीडको आक्रोशमा ध्वस्त भएको स्मरण गर्दै पनि प्राधिकरणप्रति आफ्नो इमानदारीतामा कसैले प्रश्न उठाउन नसक्ने बताए।‘बरु अफिसमै सुतुँला तर आवश्यक परे २४ सै घण्टा कार्यालयलाई दिनेगरी देश र जनताको सेवामा खट्ने छु,’ शाक्यले लेखेका छन्।उनले नयाँ पुस्ता (जेन-जी) को भावना बुझेरै काम गर्ने र सहकर्मीहरूको साथमा प्राधिकरणलाई गन्तव्यमा लैजाने दृढता व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend