images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा,...

याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा, दशैं विशेष मूल्य २ लाख १० हजार

याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा, दशैं विशेष मूल्य २ लाख १० हजार

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो-मोडर्न डिजाइनमा बनेको यो स्कुटर विशेषगरी शहरी यात्रालाई सहज र आरामदायी बनाउन निर्माण गरिएको हो।

    images
    images

    याडिया ओविनमा २८०० वाट क्षमताको मोटर र ७२ भोल्टको ३० एएच ब्याट्री जडान गरिएको छ, जसले एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता दिन्छ। यसमा सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर चलाउन सकिने रिभर्स असिस्ट जस्ता आधुनिक सुविधा पनि समावेश गरिएको छ।

    यस स्कुटरको आधिकारिक मूल्य रु. २,३५,००० तोकिएको भए पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कम्पनीले विशेष मूल्य रु. २,१०,००० मा उपलब्ध गराउने घोषणा गरेको छ। लगातार आठ वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक टू–व्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई मनाउन पनि यो विशेष मूल्य तोकिएको र यो अफर सीमित संख्याका लागि मात्र उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ।

    images
    images

    हरेक याडिया उत्पादनजस्तै, याडिया ओविन पनि ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टीसहित बजारमा आएको छ।कुजु नेपालका प्रवक्ताले भने, “ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधा र वातावरणमैत्री सवारी साधनको अनुभव दिन्छ। दशैं विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडियाको सफलता मनाउने तरिका हो।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend