images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ‘नाडा अटो शो’मा एमएडब्लुकाे १ हजार...

‘नाडा अटो शो’मा एमएडब्लुकाे १ हजार बढी सवारी बिक्री

‘नाडा अटो शो’मा एमएडब्लुकाे १ हजार बढी सवारी बिक्री

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं ।  भृकुटीमण्डमा गत मंगलबार देखि हिजो आइतबार सम्म चलेको भेइकल्सहरुको कुम्भमेला ‘नाडा अटो शो’मा एमएडब्लु समूहले १ हजार बढी २ तथा ४ पाङ्ग्रे सवारी साधनहरूको बिक्री गरेको छ ।यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको थियो ।

    images
    images

    एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे।उनले भने, “नाडा अटो शोमा हाम्रो गाडीहरु प्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं।

    अहिले नेपालमा इभी अटोमोटिभको उपभोग बढ्दो छ, र हामी एम ए डब्ल्यू समूह नवीनतम परिदृश्यलाई मध्य नजर गर्दै नवीन ऊर्जा अभी खण्डमा समर्पित एमएडब्लु–वृद्धी समूहलाई अगाडी ल्याएका छौ। साथै, हामी नाडा अटोशोका आयोजकहरूलाई सफल आयोजनाको लागि बधाई दिन चाहन्छौं’

    images
    images

    एमएडब्लु–बृद्धि समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरेका छन्।एमएडब्लु समूहले ग्राहकहरुमा जगाएको विश्वास र विश्वसनीयतालाई जोड दिएको दाबी गरेको । एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend