काठमाडौँ । विजयादशमीको अवसर पारेर 'नवदुर्गा भवानी' भजन सार्वजनिक भएको छ । राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल, बागमती प्रदेश कमिटीका महासचिव टेकराज पोखरेलले भजन निकालेका हुन् ।धना पोखरेलको शब्द रहेको भजनमा पोखरेलसहित रविन्द्र पोखरेल, हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल र भक्तिराम पोखरेल लगायतको स्वर छ । भिडियोलाई विपिन अनुरागीले निर्देशन गरेका हुन् ।
'नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउने प्रयास गरेका छौं,' महासचिव पोखरेलले भने, 'भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा छ ।'
विजयादशमीपश्चात् कृष्णलीलाअन्तर्गत गोपिनी सम्बन्धबारे 'बन्सुरी हरायो मेरो खोजिदेऊ न' बोलमा अर्को भजन तयारीमा रहेको उनले बताए । अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्ला तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ ।




.gif)





