images

२०८३ आश्विन १७ गते

images
images
images

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको बाइक लञ्च गरेको छ ।आइतबार हुने कार्यक्रममा, नेपाली बजारमा टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो पटक सार्वजनिक हुनेछन् ।  

    images
    images

    टीभीएस अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६

    कम्पनीका अनुसार अपाचेी रेसिङ डीएनए बाट प्रेरित यो नयाँ संस्करणमा बीएस६ फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ ।

    images
    images
    यसका मुख्य विशेषताहरू:
    • १२९.७सीसी एफआई इन्जिन (१६.०४ पीएस@ ८४०० आरपीएम र १३.८५ एनएम@७०००आरपीएम)
    • करिब ५० केएमपीएलसम्मको दक्षता दिने उन्नत एफआई प्रणाली
    • एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
    • आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
    • रेस-ट्युन सस्पेन्सन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्टएक्सअननेट

    टीभीएस राइडर आइजीओ 

    कम्पनीका अनुसार नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको राइडर, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो ।

    यसका मुख्य विशेषताहरू यस प्रकार छन् :

    • १२५सीसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
    • एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
    • सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
    • दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

    जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने राइडर आइजीओले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend