काठमाडौं । सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरमा कम्पनीले दशैं अफर चलाएको छ । जस अन्तरगत नगदमा खरिद गर्ने ग्राहकका लागि रु। २५ हजारसम्मको छुट दिइनेछ भएको हो । कम्पनीले दिएको जानकारी अनुसार आउँदै गरेको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा यो अफर सञ्चालन गरिएको हो ।
यस अफर अन्तरगत नगद छुटका साथै एउटा हेलमेट, रेनकोट तथा चालु आर्थिक बर्षको कर समेत कम्पनीले नै तिरिदिनेछ । सधैं झैं ६ वटा फ्रि सर्भिस तथा २ बर्षको वारेन्टी भने यथावत नै रहेको कम्पनीले जनाएको छ । कम्पनीले सारथी ब्राण्ड अन्तरगत २ वटा मोडेलमा यो अफर सँचालन गरेको हो ।




.gif)



