images

२०८३ आश्विन १८ गते

images
images
images

अस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’  सिफारिस भएको छ।द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अञ्जिला’ सिफारिस गरिएको जानकारी दिएको हो। 

    images
    images

    समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यु चोलो - द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्यांकन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको हो।‘अञ्जिला’ अब ९८औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।

    गत फागुन २४ मा रिलिज भएको यस फिल्मले १० करोड बढीको व्यापार गरेको थियो। यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। यस चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend