images

२०८३ आश्विन १८ गते

images
images
images

‘परान’ मा यस्ताे देखिए महेश र अञ्जना

‘परान’ मा यस्ताे देखिए महेश र अञ्जना

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फर्स्टलुकसँगै  फिल्म आगामी कात्तिक १४ मा प्रदर्शन हुने औपचारिक घोषणा समेत गरिएको छ।सार्वजनिक पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईली देखाइएको छ। यी दुई एकअर्काको अंगालोमा छन्। अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गरेको छ।

    images
    images

    फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु) हुन्। दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका छन्। फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ।निर्देशक आचार्यले फर्स्टलुक पोस्टरसँगै फिल्मको प्रचार सुरू गरिएको बताए। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ।

    रिदम कंडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्। देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो।बाइस्कोप सिनेमाको एकल ब्यानरमा बनेको पहिलो प्रोजेक्टको रूपमा ‘परान’ फिल्म निर्माण गरिएको बाइस्कोपका प्रबन्ध निर्देशक रन्जित आचार्यले जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend