images

२०८३ आश्विन १८ गते

images
images
images

बिहीबार विष्णु लक्ष्मी पूजा,के छ जनविश्वास ?

बिहीबार विष्णु लक्ष्मी पूजा,के छ जनविश्वास ?

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । आज २०८२ साल असोज २ गते, बिहीबार। तिथिअनुसार आश्विन कृष्ण पक्षको द्वादशी परेको छ। यो दिन हिन्दू धर्मअनुसार विशेष महत्व राख्दछ। आजको दिनलाई विष्णु लक्ष्मी पूजाू तथा द्वादशी श्राद्धको रुपमा मनाइन्छ। साथै, सोह्रश्राद्ध अन्तर्गतको द्वादशी श्राद्ध पनि यही दिन पर्दछ।

    images
    images

    धार्मिक महत्व,बिहीबारको दिनलाई देवगुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको दिनका रुपमा लिइन्छ। यो दिन व्रत बस्ने, विष्णु र लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ। जनविश्वास अनुसार, यस दिन व्रत र पूजा गरेमा धन, विद्या तथा सन्तान प्राप्त हुने मान्यता छ।

    पूजा विधि,बिहान शुद्ध स्नानपछि पहेँलो वस्त्र धारण गर्नुपर्छ। पहेँलो फूल, चन्दन र अन्य पूजा सामग्री सहित भगवान विष्णु र लक्ष्मीको पूजन गरिन्छ। विशेष गरी ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तिमा पाँच माला जप गर्न सिफारिस गरिएको छ। पहेँलो चिउरा, केरा, बेसार, बेत, बेसन आदिको प्रसाद चढाउने चलन छ।

    images
    images

    व्रतको परम्परा,यो व्रत प्रायः शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ र कम्तीमा ७ महिना वा अधिकतम १३ महिना निरन्तर राख्ने चलन छ। यदि व्रतको प्रारम्भ अनुराधा नक्षत्रमा परेमा अझ विशेष फलदायी मानिन्छ।

    द्वादशी श्राद्ध,आजैको दिन पितृ तर्पण गर्ने द्वादशी श्राद्ध पनि परेको छ। सोह्रश्राद्ध अन्तर्गत आज दिवंगत भएका ती पितृहरूलाई श्रद्धा पुर्वक तर्पण दिइन्छ, जसको तिथि द्वादशी हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend