images

२०८३ आश्विन १८ गते

images
images
images

फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने

फिल्म ‘परान’ कात्तिक १४ मा रिलिज हुने

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माण रहेको फिल्म ‘परान’ अहिले पोस्ट–प्रोडक्सनमा छ । फिल्म कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका हुन् ।नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठीलगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्मले छायाङ्कन समयमा आफ्नो प्रदर्शन मिति कात्तिक १४ गते घोषणा गरेको थियो । तर अहिले मौन छ । फिल्म कात्तिक १४ गते रिलिज हुने नहुने अहिले त्यसै भन्न सकिन्न ।

    images
    images

    निर्देशक आचार्यले भने कात्तिक १४ मै फिल्म रिलिज हुने बताए । ‘फिल्मको पोस्ट–प्रोडक्सनको काममा लागेका कारण हामीले बाहिर हल्ला गर्न नभ्याएका हौँ’, आचार्य भन्छन्– ‘केही दिनमा फष्टलुक्स पोस्टर सार्वजनिक गरेर प्रचार थाल्नेछौ ।’ फिल्मको निर्माता नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका शेखर गोल्छा हुन् । उनले फिल्म निर्माणको उद्देश्य नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्नु रहेको बताए ।फिल्मको कथा र अन्य विस्तृत जानकारी फस्ट लुक्ससँगै सार्वजनिक गर्ने निर्माण युनिटको योजना रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend