images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम...

दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला हुने

दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला हुने

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । यस वर्षको दसैंका लागि काठमाडौँबाट बाहिरिने यात्रुहरूलाई लक्षित गर्दै सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ प्रणालीलाई निरन्तरता दिइने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको छलफलपछि १९ बुँदे निर्णय गर्दै अग्रिम टिकट बिक्रीको व्यवस्था तय गरिएको हो।

    images
    images

    यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै टिकट बुकिङ यात्रा मितिको ४ दिन अघि मात्र गर्न पाइने व्यवस्था गरिएको छ। ५ दिन वा सोभन्दा बढी समयको लागि अग्रिम टिकट बुक गर्न नपाइने विभागले स्पष्ट पारेको छ।

    यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राईका अनुसार, गाउँ फर्कने यात्रुको चाप र सम्भावित व्यवस्थापकीय चुनौतीलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।

    images
    images

    छलफलमा अन्य केही महत्त्वपूर्ण निर्णयहरू पनि भएका छन्ः

    अनलाइन बुकिङ प्रणालीलाई प्रोत्साहन गरिने

    सार्वजनिक सवारी साधनमा मादक पदार्थ सेवनमा कडाई गरिने

    अनधिकृत काउन्टरबाट टिकट बिक्रीमा नियन्त्रण गरिने

    यस निर्णय सँगै यात्रुहरूले असुविधा नपाउने अपेक्षा गरिएको छ भने ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई समेत प्राथमिकता दिइने विभागले जनाएको छ।
    सरकार–यातायात व्यवसायीबीच सहमतिका मुख्य बुँदाहरू

    latter.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend