images

२०८३ आश्विन १८ गते

images
images
images

‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । फिल्म ‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाईको स्वर तथा सङ्गीत रहेको गीतमा हर्क साउदको शब्द छ ।गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ । जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव गीतमार्फत प्रकट भएको छ ।

    images
    images

     गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ । कोविद बजको संगीतसंयोजन रहेको गीतमा विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन् ।प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भएकोले फिल्म बलिदान निर्माण गरेको निर्देशन सन्तोष सेनले बताए । 

    आसुसेन फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend