images

२०८३ आश्विन १८ गते

images
images
images

गणेश पूजाका लागि मंगलबार विशेष – भन्ने धार्मिक विश्वास छ।

गणेश पूजाका लागि मंगलबार विशेष – भन्ने धार्मिक विश्वास छ।

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । भदौ ३१,(सेप्टेम्बर १६, २०२५, मंगलबार) आज आश्विन कृष्ण पक्षको दशमी तिथि तथा सोह्रश्राद्धको दशमी श्राद्ध परेको छ। हिन्दू धर्म अनुसार मंगलबार भगवान श्रीगणेशको प्रिय दिन मानिन्छ र यस दिन शुद्ध मनले पूजा, अर्चना तथा व्रत गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ।

    images
    images

    धार्मिक ग्रन्थ अनुसार, कुनै पनि शुभ कार्यको सुरुवात गणेश पूजाबाटै गर्नुपर्छ। भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधा निवारण गर्ने देवता मानिन्छ। आजको दिनमा व्रत बसेर ‘गणेश मन्त्र’ जप गर्नाले इच्छित फल प्राप्त हुने विश्वास गरिन्छ।

    गणेश पूजाको विधिः

    images
    images

    गणेश पूजामा १६ विधिहरू हुन्छन्स् आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, दक्षिणा, आरती र परिक्रमा।

    आजको दिन के गर्नु हुँदैन ?

    धर्मशास्त्र अनुसार, मंगलबार निम्न कार्य नगर्नु उत्तम मानिन्छः

    कुखुरा वा अन्य पंक्षीको हत्या

    माछा वा मासुको सेवन

    मदिरा पिउनु

    यी कार्यहरूले जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ भन्ने धार्मिक विश्वास छ।

    लड्डु र गणेशजीको कथाः

    गणेश भगवानलाई सबैभन्दा प्रिय भोजन लड्डु मानिन्छ। पद्मपुराण अनुसार, मातापिता प्रति भक्तिभाव देखाएर गणेशले दिव्य लड्डु प्राप्त गरेका थिए। त्यसैले गणेश पूजामा लड्डु अर्पण गर्नु विशेष फलदायी मानिन्छ।

    जप गर्नुपर्ने ११ गणेश मन्त्रः

    १. श्री गणेशाय नमः
    २. ॐ श्री गणेशाय नमः
    ३. गं गणपतये नमः
    ४. ॐ गं गणपतये नमः
    ५. ॐ गं ॐ गणाधिपतये नमः
    ६. ॐ सिद्धि विनायकाय नमः
    ७. ॐ गजाननाय नमः
    ८. ॐ एकदंताय नमो नमः
    ९. ॐ लम्बोदराय नमः
    १०. ॐ वक्रतुंडाय नमो नमः
    ११. ॐ गणाध्यक्षाय नमः

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend