images

२०८३ आश्विन १८ गते

images
images
images

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना सन्देश

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना सन्देश

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन्। सोमबार सार्वजनिक गरिएको सन्देशमा राष्ट्रपति पौडेलले जितिया पर्वले आपसी सद्भाव, सहिष्णुता, पारिवारिक एकता र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।

    images
    images

    जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी र अन्य समुदायका महिलाहरूले मनाउने पर्व हो। यो पर्वमा आमा बुबा विशेषगरी आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्छन्।

    आश्विन कृष्णपक्षको अष्टमी तिथिमा मनाइने यो पर्वमा महिलाहरूले कठोर व्रत बस्ने, शरीर, मन र आत्मा शुद्ध पार्ने, तथा विभिन्न शुद्ध परिकार तयार गरी खाने खुवाउने परम्परा परापूर्वकाल देखि चल्दै आएको छ।

    images
    images

    राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै यस्ता मौलिक पर्वहरूले सामाजिक सद्भाव, परम्परागत मूल्य र संस्कारको संरक्षणमा योगदान पुर्‍याइरहेको बताए।

    उनले सन्देशमा भनेका छन्, “नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend