images

२०८३ आश्विन १८ गते

images
images
images

‘बलिदान’ र ‘माइतीघर’फूलपातीमै रिलिज हुने

‘बलिदान’ र ‘माइतीघर’फूलपातीमै रिलिज हुने

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण केही फिल्मको रिलिज प्रभावित भएपनि फिल्म ‘माइतीघर’ र ‘बलिदान’ भने फूलपातीमै रिलिज हुने भएका छन् ।दुवै फिल्मका निर्माताले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् । 

    images
    images

    ‘माइतीघर’का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत फिल्म आगामी फूलपाती अर्थात् असोज १३ मै रिलिज हुने जनाएका छन् । उनले फिल्मको टिकटक प्रचार समेत आजैबाट सुरु भएको जनाएका छन् । मिलन तामाङको निर्देशनमा तयार भएको फिल्ममा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।

    रोहित अधिकारीको प्रस्तुति रहेको फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारको अभिनय छ ।त्यस्तै ‘बलिदान’ निर्माता सन्तोष सेनले फिल्म फूलपातीमै आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्दै लेखेका छन्, ‘‘बलिदान’ ट्रेलरले कतिसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सीमा छैन’ । यो दसैँमा ज्यान बलिदान ।’फिल्म ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend