काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण प्रभावित बनेको फिल्म क्षेत्र पनि बिस्तारै लयमा फर्किन थालेको छ । फिल्मकर्मीहरू आफ्नो फिल्मको प्रचारप्रसार र निर्माणमा जुट्न थालेका छन् ।निर्माता रोहित अधिकारीले आफू फिल्म कर्ममा फर्किएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । आगामी असोज १३ गतेबाट आफू निर्मित फिल्म ‘माइतीघर’ रिलिजको तयारीमा रहेका उनले अर्का साता फिल्मको ट्रेलर रिलिज गर्ने बताएका छन् । उनका अनुसार आजैदेखि फिल्म ‘माइतीघर’ असोज १३ मा भन्ने टिकटक भिडियो प्रचार पनि सुरु हुनेछ ।
‘माइतीघर’ फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।
निर्माता सन्तोष सेनले पनि दसैँमा फिल्म बलिदान आउने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्दै लेखेका छन्– ‘बलिदान’ ट्रेलरले कतिसम्म मातृभूमि प्रेमीको खुन उमाल्छ भन्ने सीमा छैन । यो दशैँमा ज्यान बलिदान ।’‘बलिदान’ फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।
त्यस्तै फिल्म ‘परालको आगो’ को छायाङ्कन पनि सोमबारदेखि सुरु हुने भएको छ । फिल्मका निर्माता सुशील पोखरेलले फिल्मको छायाङ्कन सोमबारदेखि सुरु हुने जानकारी दिए । फिल्मको म्याग्दीबाट छायाङ्कन सुरु हुँदैछ । जसका लागि निर्माण युनिट काठमाडौँबाट हिँडिसकेको छ ।क्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल लगायतका कलाकारहरूको मुख्य भूमिका छ । फिल्मको छायाङ्कन जेनजी आन्दोलनका कारण रोकिएको थियो ।




.gif)





