images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर ...

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो काम

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो काम

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • बुटवल । जेनजी आन्दोलनपछि आगजनी र तोडफोडबाट क्षति बेहोरेको भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ ।कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका काम सुरु गरेका हुन् ।

    images
    images

    आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए ।बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर काम सुरु गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरी रातोपाटीलाई बताए ।

    उनले भने, ‘अहिले भन्सार जाँचपासको काम हामी टेन्ट टाँगेर सुरु  गरेका छौँ । अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्ला ।’भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्र पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँग छलफल प्रशासनिक काम कसरी सञ्चालन गर्ने भन्नेबारे निष्कर्षमा पुगिने सूचना अधिकारी चौधरीले बताए ।

    images
    images

    भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend