images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • आन्दोलन उद्योग क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याइने...

आन्दोलन उद्योग क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याइने गभर्नर पौडेलको आश्वासन

आन्दोलन उद्योग क्षेत्रलाई सहुलियत कार्यक्रम ल्याइने गभर्नर पौडेलको आश्वासन

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले हालैको जेनजी आन्दोलनका कारण क्षति बेहोरेका उद्योग तथा व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले विशेष सहुलियत कार्यक्रम ल्याउने बताएका छन्।

    images
    images

    शुक्रबार बैंक तथा वित्तीय संस्था सँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र उद्योगी व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गर्दै गभर्नर पौडेलले आन्दोलनका कारण उद्योग क्षेत्रले बेहोरेको नोक्सानीको विस्तृत अध्ययन गर्ने र सोही आधारमा सहुलियत कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन्।

    छलफलमा उद्योगी व्यवसायीहरूले आन्दोलनका कारण होटल, डिपार्टमेन्ट स्टोर, सवारीसाधनको सोरुम लगायतका व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको भन्दै राज्यको सहयोग अपरिहार्य रहेको बताएका थिए।

    images
    images

    गभर्नर पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष सुयोग श्रेष्ठ, तथा नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त लगायत सँग छलफल गरेका थिए।

    गभर्नरले सबै सरोकारवाला निकाय सँग समन्वय गर्दै व्यवसाय क्षेत्रलाई पुनः गतिमा ल्याउने उद्देश्य सहित राहत कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याइने बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend