images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • जेनजी पुस्ताद्वारा प्रदर्शन, व्यवसाय गर्ने अधिकार...

जेनजी पुस्ताद्वारा प्रदर्शन, व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व रहेको क्रसर महासंघको आग्रह

जेनजी पुस्ताद्वारा प्रदर्शन, व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व रहेको क्रसर महासंघको आग्रह

images
images
अर्थ समाचार
शनिवार, भाद्र २८ २०८२
अर्थ समाचार
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर विभिन्न स्थानमा जेनजी पुस्ताद्वारा सञ्चालन भएका प्रदर्शनका क्रममा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    images
    images

    महासंघका अध्यक्ष सिताराम न्यौपानेद्वारा जारी गरिएको विज्ञप्तिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

    महासंघले संविधानले प्रत्याभूत गरेको व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको लगानीलाई कानुनी संरक्षण दिनुपर्नेमा जोड दिएको छ।

    images
    images

    विज्ञप्तिमा भनिएको छ, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजस्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक लिनुपर्छ।

    महासंघले विद्यमान परिस्थितिमा संविधानको रक्षा गर्दै शान्ति, स्थायित्व र समृद्धिको दिशामा अगाडि बढ्न जेनजी पुस्ता, नेपाली सेना, स्वतन्त्र नागरिक समाजका अगुवा तथा सुरक्षा निकायहरूबाट अपेक्षा गरिएको विश्वास व्यक्त गरेको छ।

    महासंघले उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकारलाई संविधानले नै प्रत्याभूत गरेको स्मरण गराउँदै लगानी, आम्दानी, रोजगारी र राजस्वको संरक्षण राज्यको प्रमुख दायित्व भएको बताएको छ। “सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

    पर्यटनको मुख्य सिजनमा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यका माध्यमबाट अघि बढ्नुपर्ने महासंघको सुझाव छ। साथै, यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दलहरू तथा जेनजी पुस्तालाई अपिल गर्दै महासंघले युवाको चाहना अनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार तथा लगानी प्रवर्द्धनका लागि अनुकूल वातावरण निर्माण गर्न आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend