काठमाडौँ । भदौ २७, हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकहरूको शव व्यवस्थापन र घरसम्म पुर्याउने जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ। महानगरपालिकाले भदौ २३ र २४ गते आन्दोलनमा ज्यान गुमाएका मृतकका शवका लागि विशेष शव वाहनको व्यवस्था गरेको छ।
यसैगरी, महानगरले मृतकका परिवारजनलाई काठमाडौँ आउनका लागि यातायात सुविधा र बसोबासको व्यवस्था पनि गरेको छ। आन्दोलनमा घाइते भएका नागरिकहरूको उपचार र उपचारपछि घर फर्कन आवश्यक सहजीकरण गर्नका लागि विशेष टिम पनि परिचालन गरिएको छ।
महानगरले मृतक तथा घाइतेका परिवारसँग सम्पर्क गर्न र आवश्यक सहयोग गर्न आफ्ना सहायक व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरेको छ।




.gif)





