images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण...

गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण अवरुद्ध

गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण अवरुद्ध

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, गुल्मी बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि गुल्मी खण्ड अन्तर्गतको यो सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    images
    images

    प्रहरीचौकी पुर्तीघाटबाट खटिएको प्रहरी टोलीले बिहानैदेखि सडक खुलाउने प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भएको प्रहरी सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

    सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन सञ्चालनमा आउन नसकेको छ। स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको बताइएको छ। वर्षा रोकिएलगत्तै सडक खुलाउने प्रयास तीव्र पारिने जनाइएको छ।

    images
    images

    उक्त खण्डमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने समस्या भइरहँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend