images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा कम्पनीहरुलाई घरबाटै कार्य सञ्चालन गर्न...

बीमा कम्पनीहरुलाई घरबाटै कार्य सञ्चालन गर्न निर्देशन

बीमा कम्पनीहरुलाई घरबाटै कार्य सञ्चालन गर्न निर्देशन

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भद्रौ २५, नेपाल बीमा प्राधिकरणले देशमा हाल उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै बीमा कम्पनीहरूलाई घरबाटै (वर्क फ्रॉम होम) कार्य सञ्चालन गर्न अनुरोध गरेको छ।

    images
    images

    बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले नेपालभर क्रियाशील बीमा कम्पनीहरू तथा तिनका शाखा र उपशाखा कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहलाई सुरक्षाको दृष्टिकोणले घरबाटै सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

    सूचनामा भनिएको छ, सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म सेवाहरु प्रभावित नहुने गरी बीमा व्यवसायसँग सम्बन्धित सबै कामहरु घरबाटै सञ्चालन गर्न उपयुक्त प्रविधिको प्रयोग गरी व्यवस्थापन मिलाउन अनुरोध गरिन्छ।

    images
    images

    हाल देशभरका विभिन्न स्थानमा देखिएको असहज परिस्थिति र त्यसबाट नागरिक सुरक्षामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यो कदम चालिएको जनाइएको छ।

    बीमा प्राधिकरणको यस निर्देशन सँगै बीमा सेवा प्रयोगकर्ताहरूले अनलाइन वा टेलिफोन सेवा माध्यमबाट आवश्यक सेवा लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend