images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सेनाको आग्रहपछि जेनजी समूहमा वार्ताका लागि...

सेनाको आग्रहपछि जेनजी समूहमा वार्ताका लागि प्रतिनिधि चयनको छलफल

सेनाको आग्रहपछि जेनजी समूहमा वार्ताका लागि प्रतिनिधि चयनको छलफल

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, नेपाली सेनाले जेनजी (जनमत–न्याय–गणतन्त्र) आन्दोलन सँग संवादका लागि बिहान ८ः०० बजेसम्म प्रतिनिधिको नाम पठाउन आग्रह गरेपछि जेनजी समूह भित्र तीव्र छलफल सुरु भएको छ। सेनाले देशको वर्तमान राजनीतिक अन्योलताबाट निकास निकाल्न वार्ताको प्रक्रिया सुरु गर्न चाहेको संकेत दिँदै प्रतिनिधि चयनमा सहकार्य मागेको हो।

    images
    images

    हाल जेनजीका विभिन्न समूहबीच वार्ताका लागि प्रतिनिधित्व गर्ने व्यक्तिको टुंगो लगाउने विषयमा घनिभूत छलफल भइरहेको छ। उनीहरूले केवल राजनीतिक हैसियत नभई, अर्थतन्त्र तथा सामाजिक क्षेत्रका जानकारहरुलाई समेत वार्तामा पठाउने विषयमा विचार गरिरहेका छन्।

    नेपाल समूहमा केहीबेर अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, युवा अभियन्ता सागर ढकाल लगायतका नामहरू छलफलमा रहेका छन्। सागर ढकाल हाल धनगढीमा छन् भने कुलमान घिसिङको भूमिकाबारे औपचारिक निर्णय भएको छैन।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ सँग पनि जेनजी समूहले कुराकानी गरेको थियो। तर श्रेष्ठले आफू पार्टीको औपचारिक जिम्मेवारीमा रहेकाले जेनजीको प्रतिनिधित्व गर्न नसक्ने बताएकी छन्।

    त्यस्तै, आन्दोलनमा सक्रिय रहेका अन्य क्षेत्रीय तथा स्थानीय जेनजी समूहहरूले पनि सम्भावित प्रतिनिधिका नाममा अन्तर समूहीय छलफल गरिरहेका छन्। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह वार्तामा जेनजीका तर्फबाट सहभागी हुने वा अलग पहिचानमा सहभागिता जनाउने भन्ने यकिन भइसकेको छैन। सामाजिक सञ्जालमा उनले संसद विघटनपछि सेना प्रमुखसँग संवाद हुनुपर्ने र जेनजी प्रतिनिधि सहितको नागरिक सरकार बन्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।

    हिजो मात्रै राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै सबै पक्षलाई संवादमा आउन आह्वान गरेका थिए। त्यस लगत्तै प्रधानसेनापति अशोकराज सिग्देलले भिडिओ सन्देश मार्फत शान्तिपूर्ण समाधानका लागि आन्दोलन स्थगन गरी वार्तामा आउन अनुरोध गरेका थिए।

    नेपाली सेनाको सहजीकरणमा वार्ता सुरु गर्ने तयारी सँगै देशको वर्तमान राजनीतिक अन्योलताबाट निकास निकाल्ने कार्ययोजना निर्माण हुँदै गएको छ। तर, वार्ताको ढाँचा र संभावित निकासको स्पष्ट चित्र अझै नआएको विश्लेषणकर्ताहरूको बुझाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend