images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सांग्रिला मोटर्सको सिट्रोन सीथ्री गाडीमा नाडा...

सांग्रिला मोटर्सको सिट्रोन सीथ्री गाडीमा नाडा अटोशो विशेष अफर

सांग्रिला मोटर्सको सिट्रोन सीथ्री गाडीमा नाडा अटोशो विशेष अफर

images
images
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । सिट्रोन ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले यस वर्ष भइरहेको नाडा अटो शोमा सिट्रोन सीथ्री (Citroên C3 – ICE Engine) गाडीमा विशेष अफर ल्याएको छ । सीमित समयमा हुन गइरहेको यो अफरमार्फत, ग्राहकहरूले सिट्रोन सीथ्री खरीद गर्दा फाइदाहरू लिन सक्नेछन् ।
    नाडा अटो शोमा सिट्रोन सिथ्री Citroën C3 मा पाइने विशेष अफरहरुः
    • ४ वर्ष निःशुल्क इन्धन
    • ४ वर्ष निःशुल्क मर्मत सुविधा
    • नाडा छुट विशेष
    • निःशुल्क व्यापक बीमा १ वर्ष
    • १ वर्षको लागि निःशुल्क रोड ट्याक्स

    images
    images

    त्यसैगरी, ग्राहकहरूले यो गाडी न्यूनतम ७४ लाख डाउन पेमेन्टमा खरीद गर्न सक्नेछन् साथै फाइनन्सियल सुविधाहरु पनि भएकाले नाडा अटो शोमा खरिदी सहज हुनेछ ।

    यो विशेष अफर नाडा अटोशोको अवधिभर मात्र उपलब्ध हुनेछ साथै सीमित समयको लागि मान्य हुनेछ । नाडा अटोशो Citroên (stall B11) मा गई यो अफरको ग्राहकले फाइदा लिन सक्नेछन् साथै ग्राहकहरुको कुनै पनि जिज्ञासाहरूलाई जवाफ र सहजता प्रदान गर्न सिट्रोनका टीमको उपस्थिति रहनेछ।

    images
    images

    सिट्रोनको (Citroên) को बारेमा:
    सिट्रोन (Citroën) एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ। अटोमोटिभ उद्योगमा सिट्रोन (Citroën) ले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ। फ्रान्समा स्थापित सिट्रोन (Citroën) ले भारतमा निर्माण कार्यहरू सहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ । १९१९ देखि, सिट्रोन ( Citroên ) ले सामाजिक परिवर्तनहरू रुपान्तरण गर्न सवारी साधन, प्रविधि, र यातायात समाधानहरू विकास गरेको छ। ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोन (Citroën) ले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी Ami, साथै एसयूभी (SUV) सेडान (Sedan), र इलेक्ट्रिक तथा प्लग- इन हाइब्रिड पावरट्रेनहरू भएका व्यवसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ। व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन (Citroën) १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६२०० बिक्री र सेवाहरूको नेटवर्क रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend