काठमाडौँ । भदौ २३, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ।
‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नाम दिइएको उक्त अफर अन्तर्गत ग्राहकहरूले आफ्नो खरिद रकम अनुसार विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
पुरस्कारहरूः
रु. १ लाख माथिको खरिदमा १५० सिसिको बजाज पल्सर मोटरसाइकल (बम्पर उपहार)
रु. ७५ हजार माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर
रु. २५ हजार माथिको खरिदमा स्मार्ट टिभी
रु. ५ हजार माथिको खरिदमा स्मार्टफोन
साथै, हरेक खरिदमा रु. १,००० सम्मका क्यास ब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध हुनेछन्।
सिप्रदी अटोपार्ट्सका अनुसार, यस अफर मार्फत ग्राहकहरूलाई उत्सवको समयमा मात्र उपहार दिने उद्देश्य नभई, सक्कली पार्ट्सको महत्व प्रति सचेत बनाउने लक्ष्य पनि राखिएको छ।
टाटा जेन्युइन पार्ट्सले इन्जिन, ब्रेक, क्लच लगायतका गाडीका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने, मर्मत खर्च कम गर्ने र गाडीको समग्र प्रदर्शनमा सुधार ल्याउने कम्पनीको दाबी छ।




.gif)





