images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • संसद् भवन अगाडि पुगेपछि प्रदर्शनकारीमाथि प्रहरीद्वारा...

संसद् भवन अगाडि पुगेपछि प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्याँस प्रहार

संसद् भवन अगाडि पुगेपछि प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्याँस प्रहार

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।  प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका हुन् ।संसद् भवन घेरेर बोतलहरू प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज सुरु गरेको छ । 

    images
    images

    सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरूले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगन्ज, पोखरा लगायत अन्य सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend