images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • एसपिजी अटोमोबाइल्सले सुरु गर्यो 'फेस्टिभ राइड,...

एसपिजी अटोमोबाइल्सले सुरु गर्यो 'फेस्टिभ राइड, मेगा ड्राइभ' अभियान

एसपिजी अटोमोबाइल्सले सुरु गर्यो 'फेस्टिभ राइड, मेगा ड्राइभ' अभियान

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दसैं-तिहारलाई लक्षित गर्दै 'फेस्टिभ राइड, मेगा ड्राइभ' अभियान सुरु गरेको छ। यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे-५ सहित ओमोडा इ-५ र जेइको जे-६ मा लागू हुनेछ। अभियानअन्तर्गत, ग्राहकले विशेष फेस्टिभ अफरमार्फत आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन्।

    images
    images

    नयाँ जेइको जे-५ को मूल्य रू ६० लाख ९९ हजार भए पनि अहिले ५६ लाख ९९ हजामै उपलब्ध हुनेछ। त्यस्तै, ओमोडा इ-५ को मूल्य रू ६१ लाख ९९ हजारबाट घटाएर ५४ लाख ९९ हजार र जेइको जे-६ को मूल्य रू ६९ लाख ९९ हजारबाट घटाएर  ६५ लाख ९९ हजार तोकिएको छ।

    यस अफरमा मूल्य छुटसँगै एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको निशुल्क इन्सुरेन्स सुविधा समावेश छन्। कम्पनीले यो विशेष अफर सीमित अवधिका लागि मात्र हुने र शर्त तथा नियम लागू हुने जनाएको छ।एसपिजी अटोमोबाइल्सले ग्राहकलाई नजिकैको शोरुममा गएर यी मोडलहरूको टेस्ट ड्राइभ लिन र अफरको अधिकतम लाभ लिन आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend