images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन सुरु, आए मेटा र एक्स सरकारको सम्पर्कमा

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन सुरु, आए मेटा र एक्स सरकारको सम्पर्कमा

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । भदौ २०, नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याए सँगै मेटा (फेसबुक, इन्स्टाग्राम) र एक्स (पूर्व ट्विटर) सरकारको सम्पर्कमा आएका छन्।

    images
    images

    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न पत्राचार गरेको थियो। सो निर्णय सार्वजनिक भएपछि मेटा र एक्सले मन्त्रालय सँग सम्पर्क गरेका हुन्।

    मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट सूचीकरण प्रक्रिया र आवश्यक जानकारीबारे इमेल मार्फत सोधपुछ आएको छ। मेटाले पनि अनौपचारिक रूपमा सम्पर्क गर्दै आवश्यक कागजातबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

    images
    images

    मन्त्रालयले पठाएका विवरणका आधारमा निवेदन प्राप्त भएपछि सम्बन्धित प्लेटफर्महरू निष्क्रिय सूचीबाट हटाइने बताइएको छ।

    यसैबीच, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वीच्याट पनि सरकारसँग सम्पर्कमा आएर सूचीकरण प्रक्रियाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

    हाल सम्म सरकारको सम्पर्कमा नआएका प्लेटफर्महरूमा युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, वीके, लाइन, ईमो, जालो र सोल रहेका छन्।

    यीमध्ये युट्युब र लिंक्डइन अत्यधिक प्रयोग हुने सञ्जाल हुन्। स्न्यापच्याट, क्लब हाउस र ईमोको पनि उल्लेख्य प्रयोग भए तापनि अन्य प्लेटफर्मको प्रयोग न्यून रहेको मन्त्रालयको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend