images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • टाटा मोटर्सको उत्साह, उमंगको दसैं योजना...

टाटा मोटर्सको उत्साह, उमंगको दसैं योजना सार्वजनिक

टाटा मोटर्सको उत्साह, उमंगको दसैं योजना सार्वजनिक

images
images
बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं। नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले यस वर्षको दसैँलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग र हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ।

    images
    images

    जस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन्।

    होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ। यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्ने छन्।

    images
    images

    यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

    सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिहिकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार सिप्रदी आफ्ना ग्राहकहरूको उत्साहलाई बढाइराख्न र उनीहरूको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ। हरेक वर्षझैँ यस वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रक्रिया आएको उनले बताए। उनका अनुसार यो योजना असोज १४ गतेसम्म लागू हुने बताइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend