images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सांग्रिला मोटर्सद्वारा ‘ह्वील्स् अफ सेलिब्रेशन्स’ कार्यक्रम...

सांग्रिला मोटर्सद्वारा ‘ह्वील्स् अफ सेलिब्रेशन्स’ कार्यक्रम उत्तरढोका शोरुममा

सांग्रिला मोटर्सद्वारा ‘ह्वील्स् अफ सेलिब्रेशन्स’ कार्यक्रम उत्तरढोका शोरुममा

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौँ । सांग्रिला मोटर्स प्रालिले ‘ह्वील्स् अफ सेलिब्रेशन्स’ कार्यक्रम सुरु गरेको छ ।  भदौ १८ गतेदेखि सुरु भएको कार्यक्रम भदौ २२ गतेसम्म उत्तरढोका शोरुममा चल्ने छ । यस उत्सवमा गाडीप्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तरक्रियात्मक गतिविधि तथा विशेष अफरहरू प्रस्तुत गरिनेछ ।कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्, जसले आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ ।

    images
    images

    यस कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ, जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा साटासाट गर्न सक्ने सुविधा पाउनेछन् ।कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइनेछ, जसले यो अवसरलाई अझै विशेष बनाउनेछ ।

    “ह्वील्स् अफ सेलिब्रेशन्स हाम्रो ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम हो। टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,” सांग्रिला मोटर्स प्रालिका निर्देशक हेमन्त गोल्छाले भने।सांग्रिला मोटर्स प्रालि नेपालका अग्रणी अटोमोबाइल वितरकहरूमध्ये एक हो, जसले लिपमोटर, सिट्रोन र पुजो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू प्रतिनिधित्व गर्दछ । उत्कृष्ट ग्राहक अनुभवप्रति प्रतिबद्ध सांग्रिला मोटर्सले निरन्तर नवीन समाधान, गुणस्तरीय सवारीसाधन तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend