काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार अम्बाको भाउ घटेको देखाएको हो ।आज बिहीबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम १ सय २० देखि अधिकतम १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने १ सय ३४ रुपैयाँ कायम छ ।
बुधबार भने अम्बा प्रतिकिलो न्यूनतम १ सय २० देखि अधिकतम १ सय ८० रुपैयाँ र औसत १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।हिजो बुधबारको तुलनामा आज बिहीबार अम्बा प्रतिकिलो औसतमा १६ रुपैयाँ घटेको हो ।साउन तेस्रो साता भने अम्बा प्रतिकिलो न्यूनतम २ सय २० देखि अधिकतम २ सय ५० र औसत २ सय ३३ रुपैयाँ कायम थियो ।




.gif)



