काठमाडौं । पारामाउन्ट मोटर्सले ‘विलिङ विङ्गो कार’ खरिदमा अफर सार्वजनिक भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवसरमा कम्पनीले अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यसअघि ३२ लाख ९९ हजार मूल्य निर्धारण गरिएकोमा चाडपर्व अफरसहित २९ लाख ९९ हजार रुपियाँ मूल्य कायम गरेको आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
विङ्गो ईभीको के के विशेषता ?
विङ्गो ईभीको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम, उचाई १५८० एमएम तथा ह्वीलवेस २५६० एमएम छ । आकर्षक एक्स सेपको एलइडी डीआरएल, १५ इन्चको ह्वील, डिउल टोन फ्लोटीङ रुफ र एक्स सेपकै एलइडी टेललाइट रहेको कारको चारै चक्कामा डिस ब्रेक छ भने ३१.९ किलोवाट आवरको ब्याट्री प्याक र ४९ किलोवाटको मोटर दिइएको छ । कम्पनीका अनुसार उक्त कारले ३३३ किलोमिटर रेन्ज दिने छ ।




.gif)





