शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज तथा फाइनान्स मेला’ सुरु गरेको छ।६ दिनसम्म चल्ने यो मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस दुई पाङ्ग्रे लिन सक्नेछन्।मेला भदौ १८ देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधिमा निम्न सुविधा उपलब्ध हुनेछन्:
१ लाखसम्म नगद छुट
पुरानो गाडीमा न्यूनतम ३० हजार मूल्यांकन
एक्सचेन्जमा १० हजारसम्मको अतिरिक्त फाइदा
नयाँ खरिदमा निःशुल्क एसेसरीज
केवल नागरिकता र लाइसेन्ससहित सजिलो फाइनान्स योजना
प्रि–बुक गर्ने ग्राहकहरूले बोल्ट स्मार्ट घडी र इयरबड्स उपहार स्वरूप पाउनेछन्। साथै, मेलामा स्टण्ट शो, टेस्ट राइड, गेमिङ जोन र फुड स्टल जस्ता आकर्षणहरू पनि रहनेछन्।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार यो मेला दशैं–तिहार लक्षित ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियानसँग जोडिएको छ।
उनले आकर्षक छुट, सजिलो फाइनान्स र लाइफटाइम वारन्टीसहित ग्राहकलाई अझ बढी विश्वास र सन्तुष्टि दिलाउने प्रयास गरिएको बताए।




.gif)





