images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।भदौ ९ गते उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी भोला नाथ थापालाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।

    images
    images

    त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनहरूको उपस्थिति थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend