images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • टुक्रिन नपर्ने भयो गुगल, तर प्रतिस्पर्धीलाई...

टुक्रिन नपर्ने भयो गुगल, तर प्रतिस्पर्धीलाई डेटा शेयर गर्नु पर्ने

टुक्रिन नपर्ने भयो गुगल, तर प्रतिस्पर्धीलाई डेटा शेयर गर्नु पर्ने

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले आफ्नो वेब ब्राउजर क्रोमलाई बेच्नु नपर्ने भएको छ । तर अमेरिकी संघीय न्यायाधीशले कम्पनीलाई प्रतिस्पर्धीहरूसँग आफ्नो डेटा भने शेयर गर्न आदेश दिएका छन् । जिल्ला न्यायाधीश अमित मेहताले यो फैसला सुनाएको भन्दै बीबीसीले समाचार छापेको छ ।

    images
    images

    एक वर्षभन्दा बढी समयलेखि कम्पनीले अनलाइन सर्च बजारमा क्रोमको दबदबाबारे मुद्दा खेप्दै आएको थियो । एन्ड्रोइड र क्रोम जस्ता आफ्नै प्रडक्ट अनि एप्पल जस्ता अन्य कम्पनीले बनाएका प्रडक्टमा गुगल डिफल्ट सर्च इञ्जिनको रूपमा रहेको विषयमा मुद्दा केन्द्रित छ । अमेरिकी न्याय मन्त्रालयले गुगललाई क्रोम बेच्न भनेको थियो । तर मंगलबारको निर्णयपछि कम्पनीले क्रोमलाई आफ्नै साथमा राख्न सक्ने भएको छ । 

    तर यसले ‘एक्सिक्लुसिभ’ करार गर्न पाउने छैन अनि सर्च डेटहरू पनि प्रतिस्पर्धीहरूसँग शेयर गर्नु पर्नेछ । गुगलले क्रोमलाई उपकरण र ब्राउजरमा सर्च इन्जिन बनाउन एप्पल जस्ता कम्पनीसँग आम्दानी बाँड्ने सम्झौता गर्ने जस्ता अलि कम कठोर उपायहरू प्रस्ताव गरेको थियो । पछिल्लो सुनवाइलाई आफूले जितको रूपमा हेरेको मंगलबार गुगलले भनेको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend