ललितपुर । सुजुकी दुई पांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले ललितपुरको ग्वार्को चोकमा नयाँ सुजुकी शोरुम सञ्चालनमा ल्याएको छ।सोमबार गुणा सिनेमा हल अगाडि रहेको शोरुमको भव्य उद्घाटन कम्पनीका महाप्रबन्धक पारस जैनले गरे ।
उद्घाटन समारोहमा सञ्चारकर्मी, सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्व, भ्लगर तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरूको उपस्थिती थियो।कम्पनीका अनुसार नयाँ शोरुममा ग्राहकले सुजुकी मोटरसाइकल र स्कूटरका विभिन्न मोडल हेर्न तथा खरिद गर्न सक्नेछन्। साथै, विशेष उद्घाटन अफरअन्तर्गत चयनित मोडलमा ५० हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन सुविधा पाउने व्यवस्था गरिएको छ।




.gif)



