images

२०८३ आश्विन १९ गते

images
images
images

हिमाल आरोहणको नयाँ शुल्क कार्यान्वयनमा

हिमाल आरोहणको नयाँ शुल्क कार्यान्वयनमा

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो । अब सगरमाथा चढ्न विदेशीले १५ हजार डलरसम्म तथा नेपालीले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्नु पर्नेछ । यो शुल्क सिजन तथा धार अनुसार निर्धारण गरिएको छ । सबैभन्दा सजिलो मानिने दक्षिण पूर्वी धारबाट सबैभन्दा उपयुक्त मानिने वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा सो शुल्क निर्धारण गरिएको हो । सोही धारबाट शरद ऋतुमा ७ हजार ५०० डलर तथा अन्य सिजनमा ३ हजार ७५० डलर तोकिएको छ । नेपालीका हकमा शरद ऋतुमा ७५ हजार र अन्य ऋतुमा ३७५०० शुल्क तोकिएको छ । 

    images
    images

    अन्य धारबाट हिमाल चढ्दा भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार डलर र अन्य सिजनमा २५ सय डलर तोकिएको छ । नेपालीका लागि यो धारबाट ऋतु अनुसार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सगरमाथाको आरोहण शुल्क यसअघि ऋतु अनुसार क्रमशः ११ हजार, ५५ सय र २७५० डलर थियो । नेपालीका लागि ७५ हजार, ३७ हजार ५०० र १७ हजार २५० रुपैयाँ तोकिएको थियो । 

    1

    images
    images

    सगरमाथाबाहेक मनासलु र आमादब्लम हिमाललाई छुट्टै शुल्क निर्धारण गरिएको छ । बाँकी हिमाललाई भने उचाइ अनुसार शुल्क तोकिइएको छ । यसमध्ये ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्न वसन्त, शरद र अन्य ऋतुमा क्रमशः ३ हजार, १५ सय र ७५० डलर लाग्नेछ । नेपालीका लागि ५० हजार, २५ हजार र १२ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै, ७५०१ देखि ८ हजार मिटर उचाइका हिमाल चढ्न क्रमशः एक हजार, ५ सय र २५० डलर तथा नेपालीका लागि ४० हजार, २० हजार र १० हजार रुपैयाँ शुल्क तोकिएको छ । 

    ७ हजारभन्दा माथिदेखि ७ हजार ५०० मिटरसम्मका हिमाल चढ्न क्रमशः ८ सय, ४ सय र २ सय डलर तथा नेपालीका लागि ३० हजार, १७ हजार र ७ हजार ५०० डलर शुल्क निर्धारण गरिएको छ । ६ हजार ५०० भन्दा माथि ७ हजार मिटरसम्मका हिमाल चढ्न ५००, २५० र २०० डलर र नेपालीका लागि २५ हजार, १२ हजार ५०० र ६ हजार २५० रुपैयाँ शुल्क तोकिएको छ । सोभन्दा कम उचाइका हिमालका लागि भने ३५०, १७५ र १७५ डलर तथा नेपालीका लागि २० हजार र १० हजार शुल्क निर्धारण गरिएको छ । 

    2

    मनासलु हिमालका लागि विदेशीका लागि वसन्त ऋतुमा १५०० डलर, शरद ऋतुमा ३ हजार डलर र अन्य ऋतुमा १५ सय डलर शुल्क निर्धारण गरिएको छ । यो शुल्क नेपालीका लागि ५० हजार २५ हजार र १५ हजार ५०० रहेको छ । आमादब्लम हिमालका लागि वसन्त र शरद ऋतुका लागि समान १ हजार डलर र बाँकी सिजनका लागि ५०० डलर तोकिएको छ । नेपालीका लागि भने ४० हजार, २० हजार र १० हजार शुल्क निर्धारण गरिएको छ । 

    यस्ता छन् हिमाल आरोहणका अन्य सर्त 

    ८ हजार मिटरभन्दा माथिका हिमालका लागि पर्वतारोही दलका प्रत्येक दुई जना सदस्यको साथमा कम्तीमा एक जना उचाइमा जाने कामदार वा पर्वतीय पथ प्रदर्शक (गाइड) अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य हिमालका लागि भने कम्तीमा एक जना पर्वतीय गाइड लिई जानु पर्नेछ।हिमालको कुनै खण्डबाट प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न प्रचलित कानुन बमोजिम अनुमति प्रदान गरिएको भए पर्वतारोही दलको सदस्यले हिमालचुली आरोहण गरी फर्कँदा त्यस्तो प्याराग्लाइडिङ मार्फत फर्कन सक्नेछ।शुल्कसँगै बिमा रकम समेत वृद्धि भएको छ । हिमालमा जाने सरदार, पर्वतीय पथ प्रदर्शक र उचाइमा जाने कामदार प्रत्येकका लागि २० लाख रुपैयाँ बराबरको बिमा कायम गरिएको छ । आधार शिविरका कामदार प्रत्येकका लागि १५ लाखको बिमा कायम गरिएको छ । 

    साना हिमालहरूको लागि परमिटको अवधि पचपन्न दिन तोकिएको छ । यसअघि यो ४५ दिन थियो ।  नियमावलीले कर्मचारीको दैनिक भत्ता कर्मचारीको दैनिक भत्ता समेत निर्धारण ग।गरेको छ । यस अनुसार  सम्पर्क अधिकृतको १ हजार ६०० रुपैयाँ, सरदारको १ हजार ५०० रुपैयाँ, गाइड वा उचाइमा जाने कामदारको १ हजार २०० रुपैयाँ आधार शिविरका कामदारको १ हजार रुपैयाँ तथा ३ हजार ७०० मिटरसम्मको उचाइमा जाने कामदारको दैनिक ८०० रुपैयाँ निर्धारण गरिएको छ ।सरकारले हिमाल आरोहणको शुल्क बढाउँदा कर्णाली र सुदूरपश्चिमका हिमाल आरोहणका लागि भने कुनै शुल्क नलिने जनाएको छ । केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै यी प्रदेशका ९७ वटा हिमाल आरोहणमा लाग्ने शुल्क दुई वर्षका लागि छुट दिएको हो । 

    विभागका महानिर्देशक नारायण रेग्मी अहिले कोशी र गण्डकी प्रदेशका हिमाल मात्रै चढ्ने प्रवृत्ति रहेकोमा यी प्रदेशका हिमालको प्रचार प्रसार गर्ने उद्देश्यले शुल्कमा छुट दिने निर्णय गरिएको बताउँछन् । यो निर्णयले त्यो क्षेत्रको पर्यटन विकासमा सहयोग गर्ने उनको भनाइ छ ।कर्णालीमा डोल्पाको काञ्जीरोवा हिमाल ६८८३ मिटर र सुदूरपश्चिममा दार्चुलाको अपि हिमाल ७ हजार १३२ मिटर अहिले सबैभन्दा अग्लो हिमालको रूपमा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend