images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • लोपोन्मुख गाई र हलगोरु पाल्ने किसानलाई...

लोपोन्मुख गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

लोपोन्मुख गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ ।  विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ । स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो । 

    images
    images

    यसैगरी प्रतिहलगोरु प्रोत्साहन अनुदानका रूपमा रु १० हजार प्रदान गरिने रेश्मीले जानकारी दिनुभयो । वैदिक परम्पराअनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादी गाउँपालिकाले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाईपालन गरेका किसानलाई विगत तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक किसानलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका किसानलाई प्रोत्साहन गर्न र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।

    गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्थामा हिन्दू धर्म नै सङ्कटमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । उक्त कार्यक्रममा समावेश हुनका लागि गाईर गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने भुसालको भनाइ छ । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाछीको तस्बिरसमेत संलग्न गर्नुपर्नेछ । 

    images
    images

    पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालनतर्फ आकर्षण बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्च पनि नउठ्ने भन्दै किसान स्थानीय काठे गाईपालन गर्न छाडेका हुन् ।पालिकाले चालु आर्थिक वर्षको साउनयता सुत्केरी भएका स्थानीय गाईलाई रु दुई हजार ५०० का दरले अनुदान दिने तयारी गरेको छ ।  जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि उक्त पालिकाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु पाँच–पाँच हजार उपलब्ध गराएको थियो । यसअघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु एक हजार ५०० का दरले उपलब्ध गराउँदै आएको थियो भने स्थानीय जातका गाईको मूत्र र गोबर प्रशोधन पनि गर्न थालेको छ । पैंयुँ गाउँपालिकाले राँगो पाल्ने किसानलाई रु २० हजार वार्षिक अनुदान वितरण गर्दै आएको छ । किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरूले पशुपालन र कृषिको क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु १० लाख विनियोजन गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend