images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा...

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई-सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई-सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएका छन् । 

    images
    images

    बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

    सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दाबढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend