images

२०८३ आश्विन १७ गते

images
images
images

गोरखामा यामाहा नेपालको ‘थ्रीएस शोरुम’ सञ्चालनमा

गोरखामा यामाहा नेपालको ‘थ्रीएस शोरुम’ सञ्चालनमा

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । यामाहा नेपालले गोरखा नगरपालिका–६ मा आफ्नो नयाँ ‘थ्रीएस’ (सेल्स, सर्भिस र स्पेयरपार्ट्स) सुविधा सहित चन्दा सप्लायर्स सुरु गरेको छ।यस नयाँ शोरुमको औपचारिक उद्घाटन गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरे ।

    images
    images

    कार्यक्रममा विशेष अतिथिका रूपमा एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार अग्रवालको पनि उपस्थिति थियो।अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रीएस अनुभव एउटै छानामुनि उपलब्ध गराएको जनाएको छ । यसमार्फत ग्राहकले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने छन् ।

    उत्साहमा थप वृद्धि गर्दै यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय एफजेड र एमटी शृङ्खलाका नयाँ भेरिएन्ट सार्वजनिक गर्‍यो । यी नयाँ मोडेलले ताजा स्टाइल र नेपाली राइडर लक्षित एडभान्स्ड फिचर सहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन् ।कार्यक्रममा एमएडब्लु राइड्सका सीईओ अग्रवालले भने, ‘गोरखामा यो नयाँ थ्रीएस शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई हाम्रा आदरणीय ग्राहकको अझ नजिक ल्याउने यात्रामा अर्को महत्त्वपूर्ण कदम हो । नयाँ एफजेड र एमटी भेरिएन्टको लन्चसँगै हामी गोरखा तथा आसपासका राइडरलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजन भएका अझ धेरै विकल्प प्रदान गर्दैछौं । हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं ।’

    images
    images

    त्यसैगरी चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दनबाबु खत्रीले चन्दा सप्लायर्सबाट उच्च गुणस्तरका यामाहा दुई पाङ्ग्रे सवारीसाधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव दिने लक्ष्य समेत राखेको बताए ।‘हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्रीदेखि सेवा र त्यसपछि पनि विभिन्न चरणसम्म सन्तुष्टि सुनिश्चित गर्ने छौं,’ उनले भने ।यस नयाँ शोरुम उद्घाटन र नयाँ एफजेड र एमटी भेरिएन्ट लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ, सर्भिस र स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend