images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान...

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान शुरू

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान शुरू

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने छ ।दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको हो । यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९.९९ लाखमा खरिद गर्न सक्नेछन् । 

    images
    images

    यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेका थप सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस (ADAS) प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् ।  यो गाडीले Euro NCAP, China NCAP र Global NCAP मा ५-स्टार सेफ्टी रेटिङ पाएको छ ।

    यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधामा सर्त तथा नियम लागू हुने कम्पनीले जनाएको छ । पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रह गरेको छ ।पायोनियर मोटोकर्प प्रालि नेपालका लागि जिकरको आधिकारिक वितरक हो । कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend