काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।सूचना अनुसार कानुन बमोजिम योग्यता पुगेका सबैले आवेदन दिन पाउनेछन् ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई सम्पर्क कार्यालय बनाएर अध्यक्ष छनौट समितिले शनिबार सूचना प्रकाशन गरी बीमा प्राधिकरणको अध्यक्ष बन्न चाहनेहरुलाई योग्यता खुल्ने प्रमाण, कार्ययोजना सहित सात दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।
यसका लागि योग्यता पुगेका तथा इच्छुक नेपाली नागरिकले ७ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) वमोजिम बीमा मौद्रिक बैंकिङ, वाणिज्यशास्त्र व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।




.gif)





