काठमाडौँ । भदौ १५, यस वर्षको दसैंमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सुकिला नोट मात्र वितरण गरिने जानकारी दिएको हो।
सूचना अनुसार, भदौ २९ गते देखि असोज १० गते सम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूबाट सुकिला नोट सहटी गर्न सकिने व्यवस्था मिलाइएको छ।
राष्ट्र बैंकले विगत वर्षझैँ यसपटक पनि जनतालाई सजिलो होस् भन्ने उद्देश्यले नयाँ नोटको सट्टामा सुकिला नोट उपलब्ध गराउने निर्णय गरेको हो।
यसअघि दशैंका अवसरमा नयाँ नोट साट्ने प्रचलन निकै लोकप्रिय रहेको थियो। तर, पछिल्ला केही वर्षदेखि बैंकले नयाँ नोटको साटफेर सीमित बनाउँदै आएको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई तोकिएको मिति र समयमै नजिकको बैंक तथा वित्तीय संस्था पुगेर सुकिला नोट लिन आग्रह गरेको छ।




.gif)





