images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • बजारमा नगद कारोबार पनि बढ्दै,चलनचल्तीका नोट...

बजारमा नगद कारोबार पनि बढ्दै,चलनचल्तीका नोट एक वर्षमै ७४ अर्बले बढ्यो

बजारमा नगद कारोबार पनि बढ्दै,चलनचल्तीका नोट एक वर्षमै ७४ अर्बले बढ्यो

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । डिजिटल भुक्तानी बढ्दै जाँदा पनि बजारमा नगद कारोबार पनि बढ्दै गएको एक तथ्यांकले देखाएको छ । डिजिटल वित्तीय कारोबार तीव्र रुपमा विस्तार हुँदै जाँदा पनि पछिल्लो आर्थिक वर्षमा करेन्सी इन सर्कुलेसन (बजारमा चलनचल्तीमा रहेको नोट) भने बढ्दै गएको छ ।२०८१ साउनमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँ रहेको नगद सर्कुलेसन २०८२ साउनमा ७ खर्ब ४४ अर्ब ८३ करोड पुगेको छ । २०८२ असारको तुलनामा साउनमा नगद सर्कुलेसन केही घटे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा निरन्तर बढ्दै गएको छ ।

    images
    images

     असारमा ७ खर्ब ५० अर्ब रुपैयाँ नगद सर्कुलेसन थियो । विशेषगरी दशैं र तिहार लगायतका चाडपर्वको समयमा नगद सर्कुलेसन केही बढ्ने र त्यसपछि क्रमशः घट्ने गरेको छ । दशैं र तिहारमा नयाँ नोट सटही हुँदा बढ्ने गरेको नगद सर्कुलेसन चाडपर्वपछि बैंकिङ प्रणालीमा उक्त नगद फिर्ता हुँदै जाँदा नगद सर्कुलेसन पछि घट्दै जाने गरेको छ ।२०८१ असोजमा ७ खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँसम्म पुगेको नगद सर्कुलेसन २०८१ पुसमा ७ खर्ब १६ अर्ब रुपैयाँसम्म झरेको थियो । त्यसपछि पुनः यस्तो सर्कुलेसन बढ्न लागेको थियो । चाडपर्व अघि नै करिब साढे ७ खर्ब रहेको नगद सर्कुलेसन चाडपर्व पछि ८ खर्बभन्दा माथि पुग्ने अवस्था देखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend