images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • प्रभु बैंकका ग्राहकलाई तिबेतन लाफिङ रेस्टुरेन्ट...

प्रभु बैंकका ग्राहकलाई तिबेतन लाफिङ रेस्टुरेन्ट बागलुङमा छुट

प्रभु बैंकका ग्राहकलाई तिबेतन लाफिङ रेस्टुरेन्ट बागलुङमा छुट

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • बागलुङ (गलकोट)। प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२ गोल्डेन गेटस्थित तिबेतन लाफिङ एण्ड सेफाली रेष्टुरेन्टबिच व्यवसायिक साझेदारीका लागि प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।तिबेतन लाफिङ एण्ड सेफालि रेष्टुरेन्टका सञ्चालक विश्वास थापा र प्रभु बैंक बागलुङ शाखाका शाखा प्रबन्धक अर्जुन शर्माले समझदारी पत्रमा हस्ताक्षर गरि सम्झौता गर्नुभएको हो ।

    images
    images

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिडरक्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा तिबेतन लाफिङ एण्ड सेफालि रेष्टुरेन्टमा उपलब्ध खाना, खाजा तथा मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत र पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्न हुने बताइएको छ ।

    तिबेतन लाफिङ एण्ड सेफालि रेष्टुरेन्टमा परिवारमैत्री वातावरण र आरामदायी बसाईमा विभिन्न खाजा र खानाको परिकारहरुको सेवा रहेका छन् । बैंक र रेष्टुरेन्टबिच भएको साझेदारीले बागलुङ बजारको पर्यटनको प्रवर्धनमा सहयोग पुग्नुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend