images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम...

दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

    images
    images

    प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुँदैछ । एउटा प्रति च्यालेन्ज, जो भाद्र ९ देखि भाद्र १५ गते सम्म सञ्चालनमा भने अर्काे च्यालेन्ज थ्री विक्स, जुन यहि भाद्र १६ गतेदेखि असोज ५ गते सम्म सञ्चालन हुनेछ ।जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ । विजेताहरुलाई टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज) र टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) पुरस्कारको व्यवस्था छ भने साप्ताहिक बिजेताहका लागि स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स प्रदान गरिने छ ।

    इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend